दोलखा, ३० बैशाख / नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को प्रथम विस्तारित बैठकले अप्सरा चौलागाईंको संयोजकत्वमा जिल्ला भेला आयोजक समिति गठन गरेको छ ।
३९ सदस्यीय समितिको सहसंयोजकमा उषा घिसिङ र सचिवमा रानु श्रेष्ठ चयन भएका छन् । सदरमुकाम चरिकोटमा शनिबार आयोजित बैठकले जिल्लामा महिलाका सवालहरुमा आफुहरुको उपस्थिती बलियो बनाउने निर्णय पनि गरेको छ । जिल्ला अध्यक्ष कमला कार्कीको अध्यक्षतमा आयोजित विस्तारित बैठकमा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवं जिल्ला इन्चार्ज विशाल खड्का, जिल्ला संयोजक कुलबहादुर बुढाथोकी रोशन, सचिव कमल श्रेष्ठ ज्योती, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) की केन्द्रिय सदस्य एवं माओवादी नेतृ रिता रिमाल लगायतले वर्तमान राजनीति र त्यसमा महिलाहरुको भूमिकाका विषयमा सहभागिहरुलाई प्रशिक्षण दिएका थिए । भेलामा जिल्लाभरबाट विभिन्न क्षेत्रमा प्रतिनिधित्व गर्ने महिलाहरुको सहभागिता रहेको थियो ।