दोलखा, ०९ जेठ । दोलखामा आयोजित खुल्ला अन्तराष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधी भारतीय खेलाडी इन्द्रजीत महिन्द्रकारले जितेका छन् ।
सदरमुकाम चरिकोटमा मङ्गलबार सम्पन्न प्रतियोगितामा कुल ८.५ अङ्क प्राप्त गर्दै महिन्द्रकारले उपाधी जितेका हुन् । उपाधी विजेता उनले पुरस्कार स्वरुप नगद १ लाख रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगिताको दोस्रो र तेस्रो स्थानको उपाधी पनि भारतकै वेदान्त नगरकाट्य र मोहित कुमार सोनिले जिते । उनीहरुले क्रमश नगद ६० हजार र ४० हजार प्राप्त गरे । प्रतियोगिता अन्तरगत १२ वर्ष भन्दा कम उमेर समूह तर्फको उपाधी पनि भारतकै ६ वर्षिया बालिका अनुपरिया यादवले जितेकी छन् ।
![Ads](https://janatapage.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-06-at-20.21.07_58a66bc6.jpg)
![Ads](https://janatapage.com/wp-content/uploads/2023/06/250x2503.gif)
दोलखा चेस होमले भीमबहादुर तमाङ स्मृती प्रतिष्ठान र दोलखा जिल्ला बुद्धिचाल संघको सहयोगमा आयोजना गरेको प्रतियोगितामा नेपाल सहित ५ मुलुकका ५६ जना खेलाडी सहभागि भएका थिए ।
![Ads](https://janatapage.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-06-at-19.07.05_638dc152.jpg)