काठमाण्डौ, २७ असार । प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डको पत्नी सीता दहालको निधन भएको छ ।
दहालको नर्भिक अस्पतालमा बुधबार विहान साँढे ८ बजे निधन भएको हो । पार्किन्सन जस्तो देखिने एक प्रकारको जटिल रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ बाट पीडित दाहाल लामो समयदेखि थला परेकी थिइन् । दहाललाई बुधबार विहान हृदयघात भएपछि अस्पताल लगिएको थियो ।
पत्नीको निधनपछि प्रधानमन्त्री प्रचण्ड नर्भिक अस्पताल पुगेका छन् भने अन्य विशिष्ट व्यक्तिहरु, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरु पनि अस्पताल परिसर पुगेका छन् ।