दोलखा, २५ कार्तिक । दोलखा सदरमुकाम चरिकोटमा आयोजित प्रथम बागमती प्रदेश स्तरिय अन्तर क्लब फुटबल प्रतियोगिताको फाइनल खेल आज (शनिबार) हुँदैछ ।
चरिकोट स्थित भीमेश्वर रङ्गशालामा विहान ११ः३० मा हुने उपाधी भीडन्तमा घरेलु क्लव लालीगुँरास र दोलखाकै अर्काे क्लब एक्टिभ ब्वाइज खरिढुङ्गा आमने सामने हुँदैछन् । शुक्रबार भएको सेमीफाइनल खेलमा सिन्धुपाल्चोक जिल्ला फुटबल संघलाई हराउँदै लालीगुँरास र न्यू जेनेरेसन युवा क्लव भीमेश्वर ८ लाई पराजित गर्दै एक्टिभ ब्वाइजले फाइनल यात्रा तय गरेका हुन् ।


दोलखा जिल्ला फुटबल संघले आयोजना गरेको प्रतियोगिताको बिजेता टोलीले दुई लाख पचास हजार नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले एक लाख पच्चीस हजार पाउनेछ ।
