काठमाण्डौ, २९ मंसिर । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
नेपाल आयल निगमले शुक्रबार साँझ विज्ञप्ति जारी गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटेको जनाएको हो । घटेको मूल्य शुक्रबार मध्यराती १२ बजेपछि लागु हुनेछ । भारतीय आयल कर्पाेरेसनबाट मूल्य घटेर आएका कारण नेपालमा पनि मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।
घटेको मूल्य अनुसार अब काठमाण्डौमा पेट्रोलको मूल्य प्रतिलिटर १६७ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १५७ रुपैयाँ कायम हुनेछ ।