दोलखा, ३० मंसिर । दोलखाको गौरीशङ्कर गाउँपालिकामा आयोजित पाँचौ राष्ट्रपनि रनिङ शिल्ड प्रतियोगिताको उपाधी फेरी पनि निलकण्ठेश्वर मावि जुँगुले जितेको छ ।
यस पटकको प्रतियोगिताको व्यवस्थापक विद्यालय समेत रहेको निलकण्ठेश्वरले १४ स्वर्ण, ९ रजत र २ कास्य गरी कुल २७ पदक सहित उपाधी जितेको हो । गत वर्ष नै ह्याट्रिक गरी एउटा रनिङ शिल्ड पूर्ण रुपमा आफ्नो बनाइसकेको निलकण्ठेश्वरको यो लगातार चौथो जित हो । त्यसैगरी यस पटकको प्रतियोगितामा ४ स्वर्ण, ५ रजत र ८ कास्य सहित १७ पदक प्राप्त गर्दै हलेश्वर मावि सुरी दोस्रो भएको छ भने ४ स्वर्ण, ५ रजत र ४ कास्य सहित १३ पदकका साथ हिमवती मावि मार्वु तेस्रो भएको छ ।
विजयी खेलाडीहरुलाई गाउँपालिका अध्यक्ष विश्वास कार्की, वडा नम्बर २ का अध्यक्ष रोहित बुढाथोकी, वडा नम्बर ३ का अध्यक्ष युगबहादुर बस्नेत, वडा नम्बर ८ का अध्यक्ष दावा रिन्जी शेर्पा लगायतले शिल्ड, मेडल, ट्रफि र प्रमाणपत्र वितरण गरेका थिए । बिहिबारदेखि सुरु भएको प्रतियोगितामा गौरीशङ्कर गाउँपालिकाका ६ ओटा माध्यमिक विद्यालयका खेलाडीहरु सहभागि भएका थिए ।
हेर्नुहोस् अन्तिम पदक तालिका: