दोलखा, ३० मंसिर । बिगु गाउँपालिकामा शुक्रबारदेखि सुरु भएको चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा शनिबार विभिन्न प्रतिस्पर्धाहरु भए ।
शनिबारको प्रतिस्पर्धा सकिँदासम्म प्रतियोगिताको व्यवस्थापक विद्यालय शान्ति आदर्श माविले सात स्वर्ण सहित आफूलाई अग्रस्थानमा राखेको छ । पदक तालिकाको दोस्रो स्थानमा शारादा मावि बुलुङ रहेको छ, जसले एक स्वर्ण, तीन रजत र तीन कास्य प्राप्त गरेको छ भने एक स्वर्ण, दुई रजत र दुई कास्य सहित गौरीशङ्कर मावि जगत तेस्रो स्थानमा रहेको छ । देवीटार मावि चिलङ्खा एक स्वर्ण र एक रजत सहित पदक तालिकाको चौथो स्थानमा रहेको छ ।
![Ads](https://janatapage.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-06-at-20.21.07_58a66bc6.jpg)
![Ads](https://janatapage.com/wp-content/uploads/2023/06/250x2503.gif)
हेर्नहोस् पदक तालिका ।
![Ads](https://janatapage.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-06-at-19.07.05_638dc152.jpg)