दोलखा, ०२ पौष । दोलखाको विगु गाउँपालिकामा आयोजित चौथो राष्ट्रपति रनिङ शिल्डको उपाधी शान्ति आदर्श मावि लादुकले जितेको छ ।
व्यवस्थापक विद्यालय समेत रहेको शान्ति आदर्शले सोमबार सम्पन्न प्रतियोगितामा १८ स्वर्ण, २ रजत र ३ कास्य गरी कुल २३ पदक प्राप्त गर्दै उपाधी कब्जा गरेको हो । प्रतियोगितामा जगत स्थित गौरीशङ्कर मावि ६ स्वर्ण, ६ रजत र ४ कास्य सहित दोस्रो भएको छ भने खोपाचागु स्थित हिमालय मावि २ स्वर्ण, ६ रजत र ४ कास्य सहित तेस्रो हुन सफल भयो । गाउँपालिका भित्रका ११ ओटा विद्यालयको सहभागितामा शुक्रबारदेखि सुरु भएको प्रतियोगितामा विभिन्न ३० ओटा विधामा प्रतिस्पर्धा भएको थियो ।


प्रतियोगिताका विजयी खेलाडीहरुलाई विगु गाउँपालिकाका अध्यक्ष सञ्जीव ओली लगायतले शिल्ड, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।
हेर्नुहोस् पदक तालिका:
