दोलखा, ७ पौष । दोलखाको भीमेश्वर नगरपालिकाले आयोजना गरेको पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता कालिञ्चोक मावि चरिकोटले जितेको छ ।
सदरमुकाम चरिकोट स्थित भीमेश्वर रङ्गाशालामा भएको प्रतियोगितामा व्यवस्थापक विद्यालय समेत रहेको कालिञ्चोक माविले ६ स्वर्ण, ५ रजत र ५ कास्य गरी कुल १६ पदकका साथ रनिङ शिल्ड आफ्नो पोल्टामा पार्न सफल भएको हो । गत वर्षको बिजेता सुर्के मावि खरिढुङ्गा भने दोस्रो स्थानमा चित्त बुझाउन बाध्य भयो । सुर्के माविले ५ स्वर्ण, ५ रजत र १ कास्य गरी ११ पदक आफ्नो भागमा पार्न सफल भयो । त्यस्तै प्रतियोगितामा भीमेश्वर ४ स्गित सर्ब मावि ५ स्वर्ण र १ कास्य सहित तेस्रो भएको छ ।



गत मङ्गलबारबाट सुरु भएको प्रतियोगितामा भीमेश्वर नगरपालिकाभरका १२ ओटा सामुदायिक र ६ ओटा निजी गरी १८ ओटा विद्यालयले सहभागिता जनाएका थिए ।
प्रतियोगिताका बिजेता खेलाडीहरुलाई प्रतिनिधि सभाका सदस्य एवं माओवादी नेता गङ्गा कार्की विश्व, बागमती प्रदेश सभा सदस्य भरत केसी, भीमेश्वर नगरपालिकाका प्रमुख इश्वरनारायण मानन्धर, उपप्रमुख कमला बस्नेत लगायतले शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।
हेर्नुहोस् अन्तिम पदक तालिका
