दोलखा, १६ पौष । दोलखाको शैलुङ गाउँपालिका वडा नम्बर ५ मा एक पुरुषको शव फेला परेको छ ।
स्थानीय बीरेन्द्र मावि नजिकै बजिनी खोलामा शव फेला परेको हो । शव घोप्टो परेको अवस्थामा रहेको र घटनास्थलमा प्रहरी पुगेको शैलुङ ५ का वडा अध्यक्ष दिलकुमार तमाङले जानकारी दिएका छन् । उनका अनुसार शवको प्रकृति हेर्दा ३० वर्ष भन्दा कम उमेरको जस्तो देखिएको र बाँकी जानकारी प्रहरीको सर्जमिन मुचुल्का पछि आउनेछ ।