सिङ्गटी, १८ जेठ । सुख्खा पहिरोका कारण थुनिएको दोलखाको तामाकोशी नदि बिस्तारै खुल्न थालेको छ ।
शुक्रबार विहान करिव साँढे १० बजे विगु गाउँपालिका वडा नम्बर १ लामाबगर स्थित क्यालु खोला र देउरालीको बीचबाट खसेको सुख्खा पहिरोका कारण तामाकोशी नदि थुनिएको थियो । करिव ३ घण्टा थुनिएको तामाकोशी नदि अहिले विस्तारै खुल्न थालेको इलाका प्रहरी कार्यालय सिङ्गटीले जनाएको छ । प्रहरीका अनुसार नदि ह्वात्तै खुलेर ठूलो क्षति गराउने आशङ्का गरिए पनि नदिले बिस्तारै बाटो बनाएर खुलेको प्रहरीको भनाइ छ । यद्यपी तटिय क्षेत्रमा सतर्कता अपनाउन भने अनुरोध गरिएको छ ।
लामाबगरमा निर्माणाधिन जलविद्युत आयोजनाको लागि सडक बिस्तारको क्रममा सुख्खा पहिरो खसेको हुनसक्ने आशङ्का गरिएको छ ।