दोलखा, १२ असार । दोलखाको मेलुङ गाउँपालिकामा पोखरीमा डुबेर एक बालकको ज्यान गएको छ ।
मङ्गलबार अपरान्ह घर नजिकैको पोखरीमा डुबेर मेलुङ १ पवटीका रमेश तामाङका ७ वर्षिय छोरा जेनिस तामाङको ज्यान गएको हो । घर नजिकै माछा पाल्नका लागि बनाइएको ५ फिट गहिरो पोखरी आसपास दाजुसँग खेलिरहेका जेनिस पोखरीमा डुबिरहेको देखेपछि उद्धार गरेर नजिकैको स्वास्थ्य संस्थामा पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
मृतकको शवलाई सदरमुकाम स्थित पशुपति चौलागाईं स्मृति अस्पतालमा राखिएको छ । घटनाका सम्बन्धमा थप अनुषन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतक बालककी आमाको पनि २ वर्ष अघि मृत्यु भएको थियो ।