काठमाण्डौ । राहुल रेग्मीको अध्यक्षतामा २९ सदस्यीय नयाँ कार्यसमिति चयन गर्दै अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको छैटौं महाधिवेशन काठमाण्डौमा सम्पन्न भएको छ ।
महाधिवेशनले उपाध्यक्षमा निरञ्जन पौडेल (क्यानडार र डा. मनिता राजकर्णिकार (नेपाल), महासचिवमा उत्तम अधिकारी (नेपाल), सचिवमा तेज कटुवाल (कतार) र कोषाध्यक्षमा सुनिल राज श्रेष्ठ (युएई) लाई चयन गरेको छ । संघको सञ्चार संयोजकमा रामराज ओली (न्यूजिल्याण्ड) चयन भएका छन् । यसैगरी केन्द्रिय सदस्यहरमा केदार तिमिल्सिना (अमेरिका), मञ्जु कर्माचार्य (युके), सुरेश गौतम (क्यानडा), रामजी खत्री (कतार), शिवराम भण्डारी (फ्रान्स), रुपेन्द्र विक्रम हमाल (कुवेत), नवराज बस्नेत (नेपाल), नविन गौतम (अस्ट्रेलिया), नागेन्द्र जोशी (भारत), भीमसेन थापा (दक्षिण कोरिया) लगायत रहेका छन् ।
विश्वका बव्भिन्न मुलुकमा रहेका नेपाली समुदायलाई नियमित रुपमा रक्तदान गर्न सहयोग र उत्प्रेरित गर्ने, नियमित रुपमा रक्तदानको व्यवस्था गर्न स्थानीय सन्जालहरू स्थापना गर्ने, रक्तदानको महत्वका बारेमा चेतना जगाउने, नियमित रक्तदाताहरुको सङ्ख्या बढाउने लगायतका उद्देश्य सहित स्थापित भएको संघको हालसम्म २१ देशमा भगिनी संस्थाहरु विस्तार भएका छन् भने ३२ भन्दा बढी देशमा रक्तदानसँग सम्बन्धित गतिविधिहरु गर्दै आएको छ ।