मेलुङ । नेकपा माओवादी केन्द्र मेलुङ गाउँ कमिटीको दोस्रो सम्मेलनले पार्टीको नयाँ पालिका कमिटी चयन गरेको छ ।
मेलुङ गाउँपालिका वडा नम्बर ४ स्थित कालीपोखरीमा शनिबार सम्पन्न सम्मेलनले रामकृष्ण खत्रीको नेतृत्वमा ४५ सदस्यीय पालिका कमिटी सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा कर्ण बहादुर मगर, प्रकाश न्यौपाने र दावा घिसिङ, सचिवमा नवराज कार्की, सह–सचिवमा सुष्मिता खपाङ्गी मगर र कोषाध्यक्षमा पुष्ट बहादुर खड्का चयन भएको नेकपा माओवादी केन्द्र दोलखाका सचिव सन्तोष फुयालले जनतापेजलाई जानकारी दिए ।


पालिका सम्मेलन आयोजक समितिका संयोजक रामकृष्ण खत्रीको अध्यक्षतामा सम्पन्न सम्मेलनको नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् दोलखा जिल्ला इन्चार्ज विशाल खड्काले उद्घाटन गरेका थिए । भ्रष्टाचार, अनियमितता, बेथिति र विसङ्गति विरुद्धको हाम्रो आन्दोलन, आत्मनिर्भर अर्थतन्त्र सहित सामुदायिक समाजवाद निर्माणका लागि ऐतिहासिक दोस्रो सम्मेलन भन्ने मूल नाराका साथ सम्पन्न भएको पालिका सम्मेलनमा माओवादी केन्द्रका नेता शङ्कर लामा, दोलखा जिल्ला संयोजक कमल श्रेष्ठ, नेताहरू प्रेम लामा, दिनेश उप्रेती लगायतले देशको समसामयिकविषयमा आआफ्नो धारणा सहितको मन्तव्य व्यक्त गरेका थिए ।
