चरीकोट, ०७ असार । दोलखा सदरमुकाम चरिकोटमा सञ्चालित दोलखा जिल्ला विद्यालय स्तरीय छात्रा फुटबल प्रतियोगिताको उपाधी एपेक्स स्कुलले जितेको छ ।
चरिकोट सिटि क्लबको आयोजना र दोलखा जिल्ला फुटबल संघको सह–आयोजनामा सञ्चालित खेलको फाइनलमा अल्पाइन पब्लिक स्कुललाई ४–० गोल अन्तरले पराजित गर्दै एपेक्सले उपाधी जितेको हो । जितसँगै एपेक्सले २५ हजार नगद पाएको छ भने उपबिजेता अल्पाइन पब्लिक स्कुलले १५ हजार रुपैयाँ पाएको छ । त्यस्तै तेस्रो भएको सहिद आवासिय मावि जिरीले नगद ७ हजार पाएको छ ।



प्रतियोगिताको उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षककको उपाधी एपेक्स कै क्रमशः रिया तामाङ र रसिला राउतले पाएका छ्न् । विभिन्न विद्यालयका १२ ओटा टिम सहभागि भएको खेल शनिबार भएको हो ।



