चरीकोट, २६ साउन । जिल्ला समन्वय समिति (जिसस) दोलखाको भवन निर्माण हुने भएको छ ।
सदरमुकाम चरीकोटमा निर्माण हुने भवनको सोमबार राष्ट्रिय सभा सदस्य घनश्याम रिजालले एक समारोहका बीच शिलान्यास गरे । शहरी विकास मन्त्रालय अन्तर्गत सघन शहरी तथा भवन निर्माण आयोजना मन्थली, रामेछापबाट सञ्चालन हुने भवन निर्माण परियोजनाको लागत झण्डै ४ करोड ९२ लाख रुपैयाँ रहेको छ । २०८३ पौष १६ भित्र निर्माण सम्पन्न गर्नेगरी परियोजनाको जिम्मेवारी सनस्टार यती जेभीले पाएको छ ।

भवन शिलान्याश समारोहमा जिसस प्रमुख बर्जुराम घतानी, उपप्रमुख दोर्जी शेर्पा, भिमेश्वर नगरपालिकाका मेयर ईश्वर नारायण मानन्धर लगायतको उपस्थिति थियो।



