सिङ्गटी, ३० असोज । दोलखाको उत्तरी सिङ्गटी बजारमा सम्पन्न सिङ्गटी च्याम्पियनसिप फुटबल प्रतियोगिताको चौथो संस्करणको उपाधी भीमेश्वर नगरपालिकाले जितेको छ ।
बिहिबार भएको फाइनल खेलमा सरस्वती इङ्ग्लिस स्कुल कालिन्चोकलाई १-० गोलले पराजित गर्दै भीमेश्वरले उपाधी उचालेको हो । उपाधीसँगै भीमेश्वरले ७५ हजार नगद पुरस्कार पाएको छ । उपबिजेता सरस्वतीले ४० हजार नगद पाएको छ । त्यस्तै सेमीफाइनल सम्मको यात्रा तय गरेका विगु गाउँपालिका र चपलेटी युथ क्लवले १५/१५ हजार नगद पाएका छन् ।
प्रतियोगितामा भीमेश्वरका स्वयम् श्रेष्ठले गोल्डेन बुट उचाल्दा भीमेश्वरकै आयुश श्रेष्ठ उत्कृष्ट डिफेन्डर र शम्भुजन श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भए । उत्कृष्ट गोलरक्षकको उपाधी भने सरस्वतीका उदय पाण्डेले पाए भने कमलामाई सामाजिक युवा क्लवका अभिषेक कार्की उत्कृष्ट उदयीमान खेलाडी घोषित भए ।
विगु गाउँपालिकाको मूख्य प्रायोजनमा ड्रिम टिम सिङ्गटीको आयोजना र ओस्ताज सिङ्गटीको सह-आयोजनामा आइतबारदेखि सुरू भएको प्रतियोगितामा ११ ओटा टिमको सहभागिता रहेको थियो ।



