दोलखा, ०८ फागुन । सोमबार विहान दोलखा केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार विहान ४ बजेर ५८ मिनेटमा दोलखाको जिरी स्थित हाटडाँडा केन्द्रबिन्दु बनाएर ४.१ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पबाट कहिँकतै क्षति भएको समाचार प्राप्त भएको छैन ।