दोलखा, २३ वैशाख । दोलखाको मेलुङ गाउँपालिका १ पवटीमा आफ्नै भाईले दिदीको हत्या गरेका छन् ।
पवटी स्थित दियालेखर्कका स्थानीय रामभरत भुजेलले आफ्नै ३२ वर्षिय दिदी कल्पनाको दाउराले हानेर हत्या गरेका हुन् । बोल्न र सुन्न नसक्ने रामभरतले शुक्रबार साँझ सामान्य विवाद हुँदा दिदी कल्पनालाई उत्तीसको दाउराले प्रहार गरेका थिए । दाउरा प्रहारबाट गम्भिर घाईते भएकी उनको घटनास्थलमै ज्यान गएको हो । पवटीकै दोबाटे भन्ने स्थानमा विवाह भई आएकी कल्पना केही समय यता माईतै बस्दै आएकी थिईन् ।
घटनापछि रामभरतलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने मृतकको शव पोष्टमार्टम पछि शनिबार परिवारजनले बुझेको प्रहरीले जनाएको छ ।