काठमाण्डौ, १४ भदौ । सरकारले पेट्रोलियम पदार्थ र खाना पकाउने ग्याँसको मूल्य बढाएको छ ।
नेपाल आयल निगमले बिहिबार रातीबाट लागु हुनेगरी पेट्रोलमा अधिकतम प्रतिलिटर ४ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ तथा खाना पकाउने एलपी ग्याँसमा प्रति सिलिण्डर २३५ रुपैयाँ वृद्धि गरेको जनाएको छ । भारतीय आयल कर्पाेरेसनबाट प्राप्त नयाँ मूल्यसूचीका आधारमा मूल्य समायोजन गर्नुपरेको निगमले विज्ञप्ति मार्फत जनाएको छ । नयाँ मूल्य अनुसार काठमाण्डौमा पेट्रोल प्रतिलिटर १७८, डिजेल र मट्टितेल १६७ र खाना पकाउने ग्याँसको मूल्य १८९५ रुपैयाँ पुगेको छ ।