काठमाडौं, २७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज भारत जाँदैछन् ।
भारतीय समकक्षी नरेन्द्र दामोदरदास मोदीको शपथ ग्रहण समारोहमा सहभागि हुन प्रधानमन्त्री दाहाल पाँच सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै भारतको नयाँदिल्ली जान लागेका हुन् । प्रतिनिधि मण्डलमा कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साल, छोरी गङ्गा दाहाल लगायत रहेको बुझिएको छ ।
भारतीय प्रधानमन्त्रीको तेस्रो कार्यकालका लागि मोदीले आइनबार साँझ शपथ लिँदैछन् । शपथ पश्चात प्रधानमन्त्री दाहाल र मोदीको भेटवार्ता तय भएको छ । प्रधानमन्त्री सहितको टोली सोमबार नै स्वदेश फर्कनेछ ।