भक्तपुर, १३ असार । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई( को नतिजा सार्वजनिक गरेको छ ।
नतिजा अनुसार देशभरबाट कुल ४७.८६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । परीक्षामा ४ लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागि भएका थिए, जसमध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै कक्षा ११ मा पढ्न पाउने भएका हुन् । यस पटकको परीक्षाम १८६ जनाले ४ जीपीए ल्याएको बोर्डले छन् ।


परीक्षा बोर्डले यस वर्ष लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गरेको छ, जसमा सैद्धान्तिक र आन्तरिकको मूल्याङ्कन फरक–फरक रुपमा गरिएको छ । जसमा सैद्धान्तिकतर्फ हरेक विषयमा न्यूनतम ३५ प्रतिशत अङ्क ल्याउने विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् । कुल विद्यार्थी मध्ये ५२.१४ प्रतिशत परीक्षार्थीले ननग्रेड (एनजी) ल्याएका छन् ।
बोर्डले बुधबार नै नतिजा सार्वजनिक गर्ने तयारी गरे पनि केही प्राविधिक कारण देखाउँदै सार्वजनिक गरेको थिएन । विद्यार्थीहरुलाई नतिजा हेर्नका लागि विभिन्न विधिहरु बोर्डले यसअघि नै जानकारी गराइसकेको थियो ।
यसरी हेर्न सकिन्छ नतिजा
