काठमाण्डौ, २८ असार । दोलखा स्थायी घर भइ परिवारसँग काठमाण्डौ बस्दै आएकी एक नाबालिकाको ट्याक्सीको ठक्करबाट मृत्यु भएको छ ।
दोलखाको शैलुङ गाउँपालिका वडा नम्बर १ दुधपोखरी सासिम घर भइ काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका ८ वुद्धचोक बस्ने रामलाल घिसिङको १४ महिनाको छोरी दिछेनको मृत्यु भएको हो । दिछेनलाई यही असार २५ गते दिउँसो वुद्धचोक स्थित सडकमा बा २ ज ५४६० नम्बरको ट्याक्सीले ठक्कर दिएको थियो । ठक्करबाट गम्भिर घाइते भएकी उनलाई तत्कालै शङ्करापुर अस्पताल पुर्याइएको थियो । त्यहाँ प्रारम्भिक उपचार पश्चात बाँसबारी न्युरो अस्पताल रिफर गरिएकी उनको तत्काल टाउकोको शल्यक्रिया गरिएकोमा शुक्रबार विहान मृत्यु भएको आफन्त राजु श्रेष्ठले जनतापेजलाई जानकारी दिए । हाल ट्याक्सी र चालक धनेश्वर पण्डित क्षेत्री प्रहरीको नियन्त्रणमा रहेका छन् ।


