हेटौडा, १३ मंसिर । बागमती प्रदेश लोकसेवा आयोगको सदस्यमा दोलखाका रामबहादुर खड्का नियुक्त हुनुभएको छ ।
बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले बिहिबार खड्कालाई नियुक्त गरेका हुन् । प्रदेश लोकसेवा आयोग ऐन २०७६ को दफा ३ को उपदफा १ बमोजिम गठित समितिको सिफारिसमा बागमती प्रदेश मन्त्री परिषदसको मंसिर २ गतेको बैठकले खड्कालाई सदस्य पदमा नियुक्तिका लागि प्रदेश प्रमुख समक्ष सिफारीस गरेको थियो । खड्काको सपथ ग्रहण भने आगामी साता हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।


दोलखाको गौरीशङ्कर गाउँपालिका वडा नम्बर ५ का स्थायी बासिन्दा खड्का ३० वर्षदेखि शिक्षण पेशामा हुनुहुन्थ्यो । दोलखाको अगुवा शैक्षिक व्यक्तित्वका रुपमा परिचित उहाँ प्रताप स्मृती कलेजका प्राचार्य समेत हुनुहुन्थ्यो ।
