दुबई, ०४ जेठ । नेपाली रक्तदाता संघ युएईको प्रथम अधिवेशनले गोपिनी शाहलाई अध्यक्षमा चयन गरेको छ ।
आइतबार सम्पन्न संघको अधिवेशनले दोलखा घर भएकी शाहको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति चयन गरेको हो । शाह दोलखाली समाज युएइका कोषाध्यक्ष समेत हुन् ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सुनिता कार्की, सचिवमा सचिन्द्र श्रेष्ठ, कोषाध्यक्षमा पङ्कज गिरी र सहसचिवमा सानु शर्मा चयन भएका छन् । त्यसैगरी समितिको सदस्यहरूमा सुदिप खराल, मिना महत, राजु दुलाल, युनिक लिम्बु, कमल अनुप बराल, भवानी नेपाल, रामबाबु न्यौपाने, नारायण आचार्य, सुमित्रा श्रेष्ठ र शङ्कर मुडभारी चयन भएका छन् ।
हाम्रो विश्वव्यापी अभियान, जहाँ नेपाली, त्यहाँ रक्तदान भन्ने नारासहित सम्पन्न अधिवेशन नेपाली महावाणिज्य दूतावास दुबईका उपमहावाणिज्यदूत कृष्णप्रसाद चापागाईंको प्रमुख आतिथ्यतामा सम्पन्न भएको संघका संरक्षक सुनिलराज श्रेष्ठले जनतापेजलाई जानकारी दिए । कार्यक्रममा नेपाली समाज, गैर आवासीय नेपाली संघ, नेपाल पत्रकार महासंघ युएइ शाखा, लगायत युएइमा क्रियाशिल विभिन्न नेपाली संघसंस्थाका प्रमुख एवम् प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
अन्तराष्ट्रिय नेपाली रक्तदाता संघका कोषाध्यक्ष एवम् दोलखाली समाज युएइका अध्यक्ष समेत रहेका श्रेष्ठका अनुसार संघले युएइमा हालसम्म ५ पटक रक्तदान कार्यक्रम गरिसकेको छ । विभिन्न सामाजिक अभियान्ता, रक्तदाता, स्वयंसेवकहरूको सक्रियतामा सन् २०२० मा स्थापना भएको नेपाली रक्तदाता संघ युएइ प्रवासमा मानवतामा समर्पित सक्रिय एवम् उदाहरणीय संस्थाका रूपमा अघि बढेको छ ।


