दोलखा, ३० भदौ । वैदेशिक रोजगारीमा गएर फर्किएका नेकपा माओवादी निकट व्यक्तिहरुको सङ्गठन रिटर्नी सेन्टर नेपालको प्रथम दोलखा भेला शनिबार सम्पन्न भएको छ ।
माओवादी केन्द्र दोलखाको कार्यालयमा सम्पन्न भेलाले दिनेश गुरुङको अध्यक्षतामा १३ सदस्यीय जिल्ला समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा राजकुमार मल्ल र सचिवमा सुन्दर खड्का चयन भएका छन् । सेन्टरका दोलखा जिल्ला इन्चार्ज सीताराम बस्नेतको अध्यक्षतामा सम्पन्न भेलामा केन्द्रिय उपाध्यक्ष हेमन्त पौडेल, माओवादी केन्द्र दोलखाका संयोजक कुलबहादुर बुढाथोकी, जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जुराम घतानी, सेन्टरका केन्द्रिय कार्यालय सदस्य पुष्कर कुमार अधिकारी लगायतको उपस्थिती रहेको थियो ।