दोलखा, २२ वैशाख । यस वर्षको पहिलो चन्द्र ग्रहण आज लाग्दैछ । बेलुका ८ बजेर ५९ मिनेटमा सुरु हुने ग्रहण राती ११ः०७ मा मध्य भई १ बजेर १६ मिनेटमा अन्त्य हुनेछ ।
अरु बेलाको जस्तो पृथ्वीको कालो छाँया चन्द्रमामा नपर्ने र चन्द्रमाको आकार पनि परिवर्तन नहुने भएकाले यस पटकको चन्द्र ग्रहणलाई खगोलविदहरुले विशेष भनेका छन् । आजको ग्रहणका क्रममा चन्द्रमामा पृथ्वीको पूरै छाँया नभई उपछाँया मात्र पर्ने र चन्द्रमाको रङ्ग केही गुलावी मात्र हुने बताईएको छ । यस्तो अवस्थालाई पेनुमब्रल चन्द्रग्रहण भनिन्छ ।
सुर्य र चन्द्रमाको बीचमा पृथ्वी आउने र त्यसको छाँया चन्द्रमामा पर्ने अवस्थालाई चन्द्र ग्रहण भनिन्छ । वैज्ञानिकहरुका अनुसार चन्द्र ग्रहण नाङ्गो आँखाले समेत हेर्न सकिन्छ ।