दोलखा, १३ असार । दोलखाको भीमेश्वर नगरपालिकाका एक युवकको बुधबार पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ ।
भीमेश्वर नगरपालिका ६ का १९ वर्षिय रोशन श्रेष्ठको भीमेश्वर ५ र शैलुङ ७ को सीमानामा पर्ने चरणावती खोलामा मा पौडी खेल्ने क्रममा डुबेर ज्यान गएको हो । साथी सहित पौडी खेल्न गएका श्रेष्ठको शव पौडी खेलेकै स्थान चरणावती धाम नजिकैको दहमै भेटिएको थियो ।