सिङ्गटी, २६ माघ । एकिकृत अखिल नेपाल शिक्षक सङ्गठन गौरीशङ्कर गाउँपालिका कमिटी दोलखाको विस्तारित बैठक एवं प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
जिल्लाको उत्तरी सिङ्गटी बजार स्थित कालिनाग माविमा सम्पन्न कार्यक्रममा सङ्गठनका केन्द्रिय सचिव रामबहादुर खड्का, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक कुल बहादुर बुढाथोकी लगायतले विविध समसामयिक र रणनीतिक विषयमा प्रशिक्षण दिएका थिए । सङ्गठनका गौरीशङ्कर गाउँपालिका अध्यक्ष रोशन कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रिय परिषद् सदस्य राम प्रसाद चिमोरिया, नेपाल शिक्षक महासंघ कालिञ्चोक गाउँपालिका कमिटीका अध्यक्ष दाताराम नेपाल, गौरीशङ्कर गाउँपालिकाका अध्यक्ष विश्वास कार्की, पालिकाका सामाजिक विकास समिति संयोजक प्रकाश खड्का र पालिकाभरमा पाँच दर्जनभन्दा बढी शिक्षकहरुको सहभागिता रहेको थियो ।