भक्तपुर, १३ असार । २०८१ सालको एसईई परीक्षाको नतिजा आज (शुक्रबार) साँझ ६ बजे प्रकाशित हुने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले नतिजा साँझ ६ बजे प्रकाशन गर्ने निर्णय गरेको हो । गत चैत्र ७ गतेदेखि सञ्चालन भएको एसईई परीक्षामा देशभरबाट ४ लाख ९९ हजार १८३ जना परीक्षार्थी सहभागी भएका थिए ।
नतिजा परीक्षा बोर्डको वेबसाइट, नेपाल टेलिकम, खल्ती लगायतबाट हेर्न सकिनेछ ।



