भक्तपुर, २७ माघ । दोलखा जिल्लाबाट अधिकृत वा सो भन्दा माथिका बहालवाला एवं सेवा निवृत्त व्यक्तिहरुको सहभागितामा दोलखाली अफिसर्स क्लव गठन भएको छ ।
भक्तपुरको डोलेस्वर स्थित एक रिसोर्टमा शनिबार आयोजित वनभोज कार्यक्रम एवं भेलाले नेपाल प्रहरीका प्रहरी नायब उपरिक्षक शिवराज बुढाथोकीको संयोजकत्वमा उक्त क्लब गठन गरेको हो । क्लबको उपसंयोजकमा सविता कार्की, सचिवमा प्रदीप खड्का, कोषाध्यक्षमा रसिक भण्डारी चयन भएका छने भने सदस्यहरुमा सन्तोष श्रेष्ठ, शारदा भण्डारी, सुनीता ढुङ्गेल, छत्र कार्की, दिलकृष्ण श्रेष्ठ, देवराज काफ्ले, र ज्योति दाहाल रहेका छन् ।
दोलखा जिल्ला घर भई विभिन्न जिल्लामा कार्यरत अधिकृत स्तर भन्दा माथिका व्यक्तिहरुलाई एकिकृत गरी विविध सेवामूलक कार्यक्रम गर्ने उद्देश्यले गठित क्लबको तदर्थ समितिले विधान तथा कार्यविधीको निर्माण, आधिकारिक दर्ता प्रक्रिया, सदस्यता वितरण एवं कोष व्यस्थापका विषयमा कार्य गर्ने क्वलका सदस्य एवं त्रिभुवन मावि मेलुङका प्रधानाध्यापक सन्तोष श्रेष्ठले जनतापेजलाई जानकारी दिए ।



