चरिकोट, १९ फागुन । जनतापेज डट कमका अध्यक्ष शिवकुमार भुजेल नेपाल रेडक्रस सोसाइटी दोलखा शाखाबाट सम्मानित भएका छन् ।
शाखाको ४२ औँ वार्षिक साधारण सभाको अवसर पारेर शनिबार भुजेललाई सम्मान गरिएको हो । रेडक्रसद्वारा सञ्चालित सेवा एवं गतिविधिहरुको समाचार निर्माण, प्रकाशन र प्रशारण गरी पुर्याएको योगदानको कदर गर्दै भुजेललाई सम्मान गरिएको हो ।


दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर १ स्थायी घर भएका भुजेल करिव २ दशकदेखि पत्रकारितामा सक्रिय छन् । उनी प्रेस सेन्टर नेपाल दोलखाको इन्चार्जको जिम्मेवारीमा समेत रहेका छन् ।
