सिङ्गटी, ०७ चैत्र । दोलखाको विगु २ जगतमा एसइई परीक्षा दिन आएका एक परीक्षार्थीको डुबेर मृत्यु भएको छ ।
विगु २ ओराङ स्थित देवलिङ्गेश्वर माविका छात्र प्रविन तामाङको मृत्यु भएको हो । विहिबार परीक्षा सकेर साथीसँग नुहाउन भनी तामाकोशीमा गएका उनको डुबेर मृत्यु भएको हो । प्रत्यक्षदर्शी साथीका अनुसार नदि किनारमा नुहाइसकेर छेवैको दह कति गहिरो छ भनी नाप्न गएका उनी दहमा डुबेका थिए । त्यसपछि अर्का एक युवक समेतले उनलाई बचाउने प्रयत्न गरे पनि असफल भएपछि आफन्त र प्रहरीलाई खबर गरिएको थियो ।


मृतकको शवलाई पोष्टमार्टमका लागि सदरमुकाम चरिकोट पठाइएको इलाका प्रहरी कार्यालय सिङ्गटीले जनाएको छ ।
