दोलखा, ०३ भदौ । जनतापेज डट कमका अध्यक्ष शिवकुमार क्षेत्री भुजेललाई प्रेस सेन्टर नेपाल दोलखाको इन्चार्जको जिम्मेवारी प्रदान गरिएको छ ।
नेकपा माओवादी केन्द्र दोलखाले प्रेस सेन्टर नेपाल दोलखाका निवर्तमान अध्यक्ष भुजेललाई सेन्टरको जिल्ला इन्चार्जको जिम्मेवारी दिएको हो । दोलखामा २०६२ सालमा गठन भएको तत्कालिन क्रान्तिकारी पत्रकार संघका संस्थापक सदस्य रहेका भुजेल विभिन्न सञ्चारमाध्यममा क्रियाशिल रहँदै हाल जनतापेज डट कमको अध्यक्षको जिम्मेवारीमा छन् ।