काठमाण्डौ, ०२ चैत्र । सरकारले पेट्रोलियम पदार्थको मूल्य केही घटाएको छ ।
नेपाल आयल निगमले शुक्रबार साँझ विज्ञप्ति जारी गर्दै मध्यरातीदेखि लागु हुनेगरी पेट्रोलमा एक रुपैयाँ र डिजेल तथा मट्टिेतेलमा दुई रुपैयाँ घटाएको जनाएको हो । भारतीय आयल कर्पाेरेसनबाटै मूल्य घटेर आएकोले नेपालमा पनि मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।
नयाँ मूल्य अनुसार काठमाण्डौमा पेट्रोलको मूल्य १७१ रुपैयाँ र डिजेल तथा मट्टिेतेलको मूल्य १५८ रुपैयाँ प्रतिलिटर हुनेछ ।