मेलुङ, ४ कार्तिक । दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर ७ मा एक मिलमा आगलागी हुँदा लाखौँको क्षति भएको छ ।
गयराती करिब ११ बजतिर स्थानीय बुध बहादुर तामाङको कुटानी-पिसानी गर्ने बुद्ध राइस मिलमा करेन्ट सर्ट भइ आगलागी भएको हो । आगलागीबाट मिलको मेसिनरी पार्ट्स, घर, अन्नपात लगायत जलेर नष्ट हुँदा लाखौँको क्षति भएको छ ।


