दोलखा, २३ कार्तिक । दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर १ मा आगलागीबाट लाखौँको क्षती भएको छ ।
मेलुङ १ पवटी स्थित रुखिनी टोल निवासी मनमाया नेपालीको घरमा बिहिबार विहान विद्युत सर्ट भइ आगलागी भएको हो । आगलागीबाट नेपालीको घरमा रहेको नगद, अन्न, लत्ताकपडा आदि जलेर नष्ट हुँदा करिव साढे ६ लाख बराबरको क्षति भएको वडा अध्यक्ष इश्वर कोइरालाले जानकारी दिए ।
आगलागी पिडित मनमायाको परिवार हाल आफन्तको घरमा शरण लिएर बसिरहेका छन् ।


