दोलखा, ०८ कार्तिक । साना तथा मझौला व्यवसायी महासंघ नेपालको दोलखा शाखा गठन भएको छ ।
बुधबार सदरमुकाम चरिकोटमा सम्पन्न भेलाले नसिब कायस्थको अध्यक्षतामा एघार सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा इराज खड्का, सचिवमा राजकुमार ढुङ्गेल र कोषाध्यक्षमा सिर्जना के.सी. चयन भएका छन् । त्यस्तै सदस्यहरुमा विष्णु शिवाकोटी, अम्बिका बयलकोटी, लक्ष्मी चौलागाईं, जिपछिरिङ शेर्पा, गोपाल उग्रकोटी, सुदीप पोखरेल र शर्मिला मुग्राती रहेका छन् ।
भेलामा साना तथा मझौला व्यवसायी महासंघ नेपालका केन्द्रिय अध्यक्ष हरिभक्त पराजुली, महासंघको केन्द्रिय महिला समिति प्रमुख यशोदा दाहाल, दुई नम्बर प्रदेश प्रमुख कामिनी सिंह तथा दोलखाका साना तथा मझौला व्यवसायीहरुको सहभागिता रहेको थियो ।