चरिकोट, १९ फागुन । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखाको ४२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारण सभाको बागमती प्रदेश सभाका सदस्य भरत बहादुर केसीले उद्घाटन गरेका थिए ।
साधारण सभामा रेडक्रस दोलखाका मन्त्री भरत बहादुर प्रधानले प्रस्तुत गरेको संस्थागत प्रतिवेदन र कोषाध्यक्ष भीम केसीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन उपर जिल्लाभरका २४ ओटटा उपशाखाका सभापति एवं प्रतिनिधिहरुबीच छलफल भएको थियो । सो अवसरमा रेडक्रस अभियानमा सहयोग पुर्याउने विभिन्न उपशाखाहरु, सञ्चारकर्मीहरु लगायत विभिन्न संघसंस्था र व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो ।


जिल्ला शाखा दोलखाका सभापति ईश्वरीप्रसाद दहालको अध्यक्षतामा सम्पन्न साधारण सभामा मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा कुमार तामाङ, तामाकोसी गाउँपालिकाका अध्यक्ष प्रोणप्रताप केसी, भीमेश्वर नगरपालिकाको उपमेयर कमला बस्नेत, विगु गाउँपालिकाको उपाध्यक्ष देविका थामी, लगायत विभिन्न राजनीतिक दलका नेताहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
