दोलखा, ३० मंसिर । दोलखाको बैतेश्वर गाउँपालिकामा आयोजित चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी हनुमन्तेश्वर माविले जितेको छ ।
बिहिबारदेखि सुरु भएको प्रतियोगितामा १० स्वर्ण, ५ रजत र ४ कास्य पदक सहित हनुमन्तेश्वरले उपाधी जितेको हो । व्यवस्थापनको जिम्मेवारी समेत पाएको हनुमन्तेश्वर माविको जितका लागि कक्षा १० मा अध्ययनरत छात्र आङगेलु शेर्पा एक्लैले ३ स्वर्णको योगदान गरेका थिए । त्यस्तै प्रतियोगितामा बैतेश्वर २ स्थित जनज्योती मावि ७ स्वर्ण, ४ रजत र २ कास्य सहित द्वितिय स्थानमा रहन सफल भएको छ भने सनराइज एकेडेमी गैरीमुदीले ३ स्वर्ण, ४ रजत र ३ कास्य सहित आफुलाई तेस्रो स्थानमा उभ्याएको छ । प्रतियोगितामा सहभागि जलदेवी मावि र बैतेश्वर माविले एक एक स्वर्ण पाइरहँदा कालिढुङ्गा मावि, क्षेत्रवती मावि, विष्णु मावि र कालिका माविले रजत र कास्य पदकमै चित्त बुझाउनु परेको छ ।
![Ads](https://janatapage.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-06-at-20.21.07_58a66bc6.jpg)
![Ads](https://janatapage.com/wp-content/uploads/2023/06/250x2503.gif)
प्रतियोगिता बिजयी खेलाडीहरुलाई बागमती प्रदेश सभाका सदस्य कुन्दनराज काफ्ले, बैतेश्वर गाउँपालिकाका अध्यक्ष छवि लामा लगायतले शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।
हेर्नुहोस् पदक तालिकाः
![Ads](https://janatapage.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-06-at-19.07.05_638dc152.jpg)