दोलखा, २२ फागुन । दोलखाको तामाकोशी १ भीरकोटका दुई ओटा विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ ।
हिमालयन लाईफ इन्सुरेन्सकी बोर्ड अफ डाइरेक्टर प्रमिला केसीले भीरकोट स्थित भीमेश्वर आधारभुत विद्यालय र इन्द्रावती प्राविका ६८ जना विद्यार्थीहरुलाई एक एक थान ज्याकेट र सुरुवाल उपलब्ध गराएकी हुन् । इन्सुरेन्सका हरिप्रसाद ढुङ्गेल लगायत चरिकोट शाखाका कर्मचारीहरु विद्यालयमै पुगेर विद्यार्थीहरुलाई ज्याकेट र सुरुवाल वितरण गरेको भीमेश्वर आधारभुत विद्यालयका शिक्षक लक्ष्मण केसीले जनता पेजलाई जानकारी दिए ।


साथै दुवै विद्यालयका शिक्षकहरुलाई पनि एक एक थान ज्याकेट र सुरुवाल वितरण गरिएको छ । करिव ७० प्रतिशत दलित विद्यार्थीले अध्ययन गर्ने ती विद्यालयमा विद्यार्थीहरुलाई झोला समेत वितरण गर्ने तयारी रहेको केसीले बताए ।
