सिङ्गटी, २७ जेठ । दोलखाको गौरीशङ्कर गाउँपालिकाले निर्माण गरेको स्थानीय पाठ्यक्रमको प्रवोधिकरण कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
उत्तरी सिङ्गटी बजारमा बिहिबारदेखि सुरु भएको हाम्रो गौरीशङ्कर नामक स्थानीय पाठ्यक्रमको प्रवोधिकरणमा गाउँपालिका भरका विद्यालयमा स्थानीय पाठ्यक्रममा आधरित विषय अध्यापन गराउने शिक्षक शिक्षिकाहरुको सहभागिता रहेको थियो । कार्यक्रमका सहभागिहरुलाई पाठ्यक्रमका प्रमुख लेखक एवं सम्पादक रामबहादुर खड्काले सहजीकरण गरेका थिए । पाठ्यक्रम निर्माण भएर लागु भइसकेको अवस्थामा पठनपाठनमा परेका समस्याको सहजीकरण गरी सिकाइ कार्यमा थप सहजता भइ उपलब्धी समेत राम्रो होस् भन्ने अपेक्षाले पाठ्यक्रमको प्रवोधिकरण गरेको गाउँपालिकाका शिक्षा शाखा सहायक गणेश श्रेष्ठले जानकारी दिए ।
प्रवोधिकरणको समापन समारोहमा पालिकाका सामाजिक विकास संयोजक युगबहादुर बस्नेतले यो कार्यक्रम पश्चात स्थानीय पाठ्यक्रम अध्यापनमा शिक्षकहरुलाई कुनै समस्या नहुने विश्वास व्यक्त गरे ।