काठमाण्डौ–दोलखा । दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर १ स्थित सत्यश्वर माध्यमिक विद्याालयको पूर्व विद्यार्थी समाज गठन भएको छ ।
राजधानी काठमाण्डौ स्थित एक होटलमा शनिबार सम्पन्न भेलाले शङ्करनाथ उप्रेतीको अध्यक्षतामा समाजको १५ सदस्यीय तथर्द समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा कृष्ण प्रसाद उप्रेती, सचिवमा भवनाथ ढुङ्गेल, सहसचिवमा प्रविण थपलिया र कोषाध्यक्षमा यशोदा खड्का चयन भएका छन् भने सदस्यहरुमा सन्तोष भुजेल, ऋषिराज आचार्य, राजन आचार्य, सन्जय कुमार बस्नेत लगायत रहेका छन् ।


वरिष्ठ समाजसेवी शोभित उप्रेतीको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा सत्यश्वर मावि व्यवस्थापन समितिका पूर्व अध्यक्ष एवं जापानका लागि पूर्व नेपाली राजदुत डा. विष्णुहरि नेपाल, द्वन्द्व विशेषज्ञ डा. विष्णुराज उप्रेती, राष्ट्र बैङ्कका सन्चालक डा. शङ्कर आचार्य, डा. कृष्ण पोखरेल, नेपाल बार एशोसियसन दोलखाका पूर्व अध्यक्ष सरोज उप्रेती, विद्यालयका पूर्व प्रधानाध्यापक राम बहादुर खड्का, पूर्व शिक्षक एवं वडा अध्यक्ष इश्वर कोइराला लगायत विभिन्न क्षेत्रमा कार्यरत विद्यालयका पूर्व विद्यार्थीहरुको सहभागिता रहेको थियो । (तस्बीर सौजन्यः बलराम उप्रेती)
