काठमाण्डौ, ३० साउन । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
निगमको मङ्गलबार बसेको बैठकले डिजल र मट्टितेलमा प्रतिलिटर १४ र पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँले वृद्धि गरेको हो । मङ्गलबार मध्यरातीबाट लागु हुनेगरी परिवर्तन भएको नयाँ मूल्य अनुसार डिजल र मट्टितेलको मूल्य अधिकतम १६७ रुपैयाँ र पेट्रोलको मूल्य अधिकतम १७८ रुपैयाँ पुगेको छ ।
निगमका अनुसार भारतबाट नै मूल्यवृद्धि भएर आएकाले नेपालमा पनि मूल्य समायोजन गर्नुपरेको हो । निगमले यस अघि गत साउन १६ गते पनि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको थियो ।



