भक्तपुर, १२ असार। माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा भोलि बिहीबार मात्रै सार्वजनिक हुने भएको छ ।
आजै अपरान्ह नतिजा सार्वजनिक गर्ने गरी राष्ट्रिय परीक्षा बोर्ड बैठक बसे पनि प्राविधिक तयारी नपुगेकाले भोलिमात्रै नतिजा सार्वजनिक गर्ने निर्णय भएको कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए ।बोर्डले यस वर्षदेखि लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गर्नेछ । जसमा सैद्धान्तिक र आन्तरिकको मूल्याङ्कन फरक–फरक रूपमा गर्ने व्यवस्था छ ।
गत १५ चैत्रदेखि २७ चैतसम्म भएको एसईई परीक्षामा कुल ५ लाख ४ हजार ४१४ विद्यार्थी सहभागी थिए ।