चरिकोट, १३ असार । जिल्ला फुटबल संघ दोलखाको आयोजनामा चरिकोटमा सम्पन्न भएको दोलखा जिल्ला स्तरीय ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको उपाधी टाइगर टिम तिखातलले जितेको छ ।
बिहिबार भीमेश्वर रङ्गाशालामा भएको फाइनल खेलमा तीनपोखरी बिगुलाई १–० गोलले हराउँदै टाइगर टिमले उपाधी चुमेको हो । जितसँगै टाइगर टिमले ५० हजार नगद र ट्रफि पाएको हारसँगै तीनपोखरी बिगुले प्रतियोगिताको उपबिजेतामै चित्त बुझाएको छ ।


त्यस्तै जिल्ला फुटबल संघको आयोजनामा भएको जिल्ला क्लव स्तरीय ‘बि’ डिभिजन लिग नकआउट फुटबलको फाइनलमा चरिकोट गेमिङलाई १–० गोलले पराजित गर्दै मकैबारी इको टिपार्कले उपाधी हात पार्नुको साथै आगामी ए डिभिजन लिगका लागि स्थान पक्का गरेको छ ।
