चरिकोट, ३१ भदौ । दोलखा सदरमुकाम चरिकोटमा आयोजित स्व. भीम बहादुर तामाङ स्मृति फुटबल प्रतियोगिताको उपाधी सहिद आवासीय मावि जिरीले जितेको छ ।
आइतबार भएको फाइनल खेलमा अल्पाइन पब्लिक स्कुल चरिकोटलाई ३–० गोल अन्तरले पराजित गर्दै उपाधी जितेको हो । नेपाली कांग्रेस निकट विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी संघ दोलखाले आयोजना गरेको प्रतियोगितामा जेम एकेडेमी जिरी तृतीय र दि राइजिङ हिम्स एकेडेमी सान्त्वना हुन सफल भएका छन् ।
जिल्लाभरका १७ ओटा विद्यालयको सहभागिता रहेको प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय, र सान्त्वना हुने टिमले क्रमशः ५० हजार, ३० हजार, २० हजार, र १० हजार रुपैयाँ नगन पुरस्कार सहित शिल्ड, मेडल र प्रमाणपत्र पाएका छन् । विजयी टिम तथा खेलाडीलाई नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामाले पुरस्कार वितरण गरेका थिए ।