सिङ्गटी, ०८ कार्तिक । दोलखाको गौरीशङ्कर गाउँपालिकामा आगामी मंसिर १६ गते हुने उपनिर्वाचनका लागि नेकपा माओवादी केन्द्रले उम्मेद्वार चयन गरेको छ ।
गाउँपालिकाको उपाध्यक्ष पदका लागि माओवादी केन्द्रले निम्लेकी शेर्पालाई सर्वसम्मत रुपमा उम्मेदवार बनाउने भएको हो । माओवादी केन्द्रको बिहिबार सिङ्गटी बजारमा सम्पन्न बैठकले गौरीशङ्कर गाउँपालिका वडा नम्बर ७ मार्बु निवासी शेर्पालाई पालिका उपाध्यक्ष बनाउने निर्णय गरेको हो । शेर्पा माओवादी केन्द्र गौरीशङ्कर पालिका कमिटीको कोषाध्यक्षको जिम्मेवारीमा रहेकी छिन् ।
माओवादी केन्द्रका केन्द्रिय सदस्य एवं दोलखा जिल्ला इन्चार्ज विशाल खड्का, नेता शङ्कर लामा लगायत सहभागि बैठकले नवराज खड्काको नेतृत्वमा १०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको नेकपा माओवादी केन्द्र दोलखाका सचिव सन्तोष फुँयालले जनतापेजलाई जानकारी दिए ।