सिङ्गटी, २४ जेठ । दोलखाको गौरीशङ्कर ४ देपुङमा शुक्रबार साँझ भएको बोलेरो दुर्घटनामा परी घाइते भएका अर्का एक जनाको पनि मृत्यु भएको छ । योसँगै मृतकको सङ्ख्या दुई पुगेको छ ।
दुर्घटनामा गम्भिर घाइते भएकी ३४ वर्षका डोल्मा शेर्पाको सिङ्गटीमा सामान्य उपचारपछि थप उपचारका लागि चरीकोट लैजाँदै गर्दा मृत्यु भएको हो । त्यसअघि ४५ वर्षका फूलमाया शेर्पाको घटनास्थलमै मृत्यु भएको थियो । मृतक दुवै जना देपुङकै स्थानीय बासिन्दा हुन् । सिङ्गटीबाट देपुङतर्फ गइरहेको बा १६ च ७६५१ नम्बरको बोलेरो उकालो सडकमा पछाडी सरेर दुर्घटना भएको प्रहरीको अनुमान छ । यद्यपी बोलेरो चालक फरार छन् ।


दुर्घटनामा घाइते भएका सोही ठाउँका ७५ वर्षका छिरी शेर्पाको सिङ्गटी स्थित एक अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था खतरामूक्त रहेको जनाइएको छ । मृतक दुवैको शवलाई पशुपति चौलागाईं स्मृति अस्पतालमा राखिएको इलाका प्रहरी कार्यालय सिङ्गटीका प्रहरी प्रमुख महेन्द्र दर्नालले जनतापेजलाई जानकारी दिनुभयो ।
