काठमाण्डौ, १३ असोज । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ र खाना पकाउने ग्याँसको मूल्य पुन वृद्धि गरेको छ ।
निगमले शनिबार मध्य रातीबाट लागु हुनेगरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ रुपैयाँ र खाना पकाउने ग्याँसमा प्रति सिलिण्डर २१५ रुपैयाँ वृद्धि गरेको हो । हवाइ इन्धन तर्फ प्रतिलिटर ८ रुपैयाँ बढाईएको छ ।
योसँगै काठमाण्डौमा ग्याँसको मूल्य प्रतिसिलिण्डर २११० रुपैयाँ पुगेको छ भने पेट्रोल १८५, डिजेल र मट्टितेल १७९ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।


